दफा १२
कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
: कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकारदेहाय बमोजिम हुनेछ :
(क) सभाको निर्णय र निर्देशनहरु कार्यान्वयन गर्ने, गराउने,
(ख) प्रतिष्ठानको वार्षिक कार्यक्रम, बजेट, प्रगति विवरण, लेखापरीक्षण प्रतिवेदन र अन्य प्रस्तावहरु तयार गरी स्वीकृतिको लागि सभा समक्ष पेश गर्ने,
(ग) प्रतिष्ठानको कोष तथा चल अचल सम्पत्तिको सञ्चालन, रेखदेख र संरक्षण गर्ने,
(घ) सभाको नीति निर्देशनको अधीनमा रही प्रतिष्ठानको चल अचल सम्पत्ति बेचबिखन गर्ने तथा ठेक्का पट्टामा दिने,
(ङ) प्रतिष्ठानद्वारा सञ्चालित कार्यक्रमहरुको समन्वय, रेखदेख, निरीक्षण गर्ने र सोको प्रतिवेदन सभा समक्ष पेश गर्ने,
(च) प्रतिष्ठानसँग सम्बन्धित नियमहरुको मस्यौदा तयार गरी स्वीकृतिको लागि सभा समक्ष पेश गर्ने,
(छ) सेवा आयोगको सिफारिसमा प्रतिष्ठानको लागि आवश्यक शिक्षक तथा कर्मचारीहरु नियुक्ति र बढुवा गर्ने,
(ज) प्रतिष्ठानलाई प्राप्त दान, दातव्य, आर्थिक तथा अन्य सहयोग ग्रहण गर्ने,
(झ) सभाले तोके बमोजिमको काम गर्ने,
(ञ) तोकिए बमोजिमको अन्य कार्यहरु गर्ने ।